बुलबुलएउटा ईरानी चरा…………

bulbul

बुलबुलएउटा ईरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्ने यो चरा गजलको प्रतीक मानिन्छ । यही कारण हो, हामीले पनि गजलको यो कार्यक्रम नामकरण गरेका छौं -बुलबुल भनेर । शुरुमा यो शब्द सुन्नेलाई अनौठो लाग्न सक्छ तर क्रमिक रुपमा यसको अर्थ खुल्दै जानेछ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ। गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसकोउपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्नो नाम दिन्छौं – बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । ” एउटा प्रेमको बिरुवा हामी रोप्छौं….. युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।”कुनैबेला एउटा सिपाही र एउटी राजकुमारी बीच प्रेम बस्यो । राजकुमारी सिपाहीको प्रेम जाच्न वा ऊसंग ठट्टागर्न बेला बेला उर्को प्रेमलाई अनेक प्रकारले जाच्ने गर्थिन । सिपाही राजकुमारीको प्रेममा चुर्लुम्म डुबिसकेको थियो । राजकुमारीले जे प्रस्ताब राखेपनि आफ्नो प्रेम सत्य रहेकोदेखाउन ऊ हरदम तयार भएर बस्थ्यो ।एकदिन राजकुमारीलाई रमाइलो गर्न मन लग्यो । ऊनले सिपाहीलाई बोलाएर भनिन तिमि मलाई साच्चै प्रेम गर्छु भने मलाई भोलि बिहान एउटा रातो गुलाब उपहार ल्याएर देउ नत्र म तिमीसंग प्रेम गर्दिन अर्कै राजकुमार संग बिहा गरेर गईदिन्छु । सिपाहीले हुन्छ सिबाए केहि भन्ननसकेर फर्कियो । राजकुमारीको बगैचामा सबै सेता गुलाबका मात्रबोट थिए । त्यो देसैभरी रातो गुलाबको बिरुवा थिएन । निराश सिपाही बगैचामै बसी बिरह गर्न थाल्यो ।साझ पर्दै गएपछि एक जोडी बुलबुल चरा त्यहिँ बास बस्न आए । निराश सिपाहीको बिरह देखिर बुलबुल जोडीले सोधे के भयो तिमीलाई ? किन यसरि बिलाप गरिरहेका छौ सिपाही ? सिपाहीले आफ्नो समस्याबतायो । त्यसपछी बुलबुल जोडीले उसलाई बचन दिए असल प्रेम मर्नु हुन्न भोलि बिहान यहि बगैचामा राजकुमारीलाई लिएर आउनु रातो गुलाबको व्यवस्था हामि गरिदिने छौ ।सिपाही आस्वस्त भएर घर फर्कियो । त्यस रात रातभरी राजकुमारीको बगैचामा प्रेम बिरहका गीत गजलहरू सुनिए । राजकुमारीको मन अत्यन्तै कोलाकित भयो । बिहान सबेरै सिपाही आयो राजकुमारीले सोधिन रातो गुलाब खोइ त ? सिपाहीले राजकुमारीलाई बगैचामालिएर गयो । बगैचामा सबै गुलाबहरू राता भएका थिए । सिपाही र राजकुमारी अगाडी बढ्दैगए । बुलबुल चरिका जोडीहरू अझै गाउदै थिए बिरह गाना।नजिक पुगेपछि देखियो भाले बुलबुल आफ्नो छातीलाई गुलाबको बोटको काँडामा घोच्दै रगतले सेता गुलाबहरु रातो पार्दै थियो। पोथी बुलबुल रुँदै विरह गाना गाउँदै थिई । पोथी बुलबुलको गायनमा जति जोड हुन्थ्यो त्यति नै जोडले भाले बुलबुल आफ्नो शरीरलाई काँडामा घोच्थ्यो । यसरी रगत बग्दा बग्दा भाले बुलबुलले सबै गुलाबहरु रंगाएर रातो बनायो अनि उसको प्राण गयो ।भालेको मृत्यु संगसंगै पोथी बुलबुलको विरह गायन पनि बन्द भयो र उसको पनि प्राणको गति रोकियो । दुवै चरा गुलाबका बोटबाट भूइँमा झरेर अमर भए ।गीतर गजलमा आकाश जमीनको फरक छ । गजल के हो भन्ने बुझ्न, गजल के होइन, जान्नु जरुरी हुन्छ । उत्पतिका हिसाबले गजल नज्म र कसिदाको ढाँचासंग मेल खान्छ, तर कसिदा गजल जति लोकप्रिय हुन सकेन । इतिहासको कुनै कालखण्डमाअरबले इरान माथि विजय प्राप्त गरेपछि अरब र इरानी संस्कृतिको परस्पर संकरण पश्चात् कसिदाको उत्पति भएको मानिन्छ । पछि इरानीहरुले यसैलाई छुट्टयाएर एउटा नयाँ विधाको जन्म दिए । अर्थात् गजल इरानीहरुको आविष्कार हो । तर यो आविष्कार दुइटा भिन्न संस्कृतिको विलय पश्चात् मात्र सम्भव भएको हो । त्यतिबेला इरानीहरुको धर्मप्रचारबाट जहाँ जहाँ इस्लाम धर्म पुग्यो त्यहाँ त्यहाँ गजल आफ्नो संपूर्ण विलक्षणता र रसहरुका साथ छाँया झैं प्रविष्ट भयो । पाक–भारतीय उपमहाद्वीपको साहित्यिक र साँस्कृतिक परम्परामा फारसी साहित्यको ठूलो भूमिका रहेको छ, त्यसैकारण गजल यस क्षेत्रको लोकप्रिया विधा बन्न गयो । गजलको लोकप्रियता यस क्षेत्रमा यति व्यापक हुन पुग्यो कि साहित्यमा स्थानीय उपमाहरुको सट्टामा इरानी उपमाहरु प्रयोग हुन थाले । बुलबुल यसैको ज्वलन्त उदाहरण हो ।नेपालीसाहित्य मा गजल नौलो बिधा होइन तर पनि नेपाली साहित्यमा यस्को मौलिक शैलीको बिकास भने हुन सकेको छैन यो अर्थमा कि नेपालमा लेखिने धेरै जसो गजलहरू हिन्दी या उर्दु शैली मा नै लेखिने गरिन्छ । यस्को जन्म फारसी भाषामा भएतापनी बिभिन्न समयमा बिभिन्न शैलिहरूको बिकास भएको पाईन्छ । सुरुवातकाल मा स्त्रिहरुको बर्णनमा लेखिने गजलहरू अहिलेको समय सम्म आईपुग्दा धेरै क्षेत्रलाई समेटेर लेख्न थालिएको पाईन्छ ।वर्तमानसमयमा गजल अत्यधिक लेखिने विधा हो । अत्यधिक छापिने विधाको स्थान पनि गजलले लिइसकेको छ । हरेक वर्ष सयौँको सङ्ख्यामा गजलसङ्ग्रहहरु प्रकाशन भइरहेका छन् भने पुरानार अन्य साहित्यिक विधामा स्थापित स्रष्टाहरुसमेत गजललेखनमा आइरहेका छन् । यसले गजललाई एउटा सशक्त र स्वतन्त्र साहित्यिक विधाको रुपमा चिनाउन मद्दत गरेको छ । अब गजललाई ‘आयातीत विधा या कविता वा गीतको एउटा रुप’ भन्ने आग्रहबाट मुक्त हुन आवश्यक छ । गजल आफ्नै मौलिक प्रविधि र संरचनामा आवद्ध सुललित साहित्यक विधा हो जसमा पर्याप्त साङ्गीतिकता हुन्छ । यसर्थ यसलाई गेय विधाको रुपमा पनि चिनिन्छ ।लयगजलका लागि अत्यावश्यक तत्व मानिन्छ । गजल गेय विधा भएकोले यो लयात्मक या गेयात्मक हुनु अत्यावश्यक छ । लयविहीन गजल असल गजल मानिँदैन । बहर छन्द लय मात्रा जेजस्ता नाम दिए पनि समग्रमा यी सबै लय वा गेयात्मकतालाई बुझाउने शब्दहरुहुन् । सामान्यतयाः गजल बहर या छन्दमा लेखिन्छ । यदि बहर या छन्दलाई अङ्गीकार गर्न नसके पनिस्वनिर्मित नै भए पनि लयमा चाहिँ गजल आवद्ध हुनैपर्दछ । शास्त्रीय सङ्गीतसँग नजिक रहेको गजलगायन उर्दू र हिन्दीमाप्रशस्त भए पनि नेपालमा भने गजल प्रवेश गरेको सवासय वर्ष वितिसक्दा पनि चित्त बुझ्दो छैन। यसको प्रमुख कारण गेय वा लयात्मक गजलभन्दा बढी पाठ्य गजललेखिनुलाई मान्दै आएका छन् कतिपय आलोचकहरुले । साथै गजलगायनको प्राविधिक पक्षको ज्ञान सङ्गीतकर्मीमा नहुनु पनि अर्को महत्वपूर्ण पक्ष हो भन्न सकिन्छ ।

मलाई जिउँदै जलाऊ ……………….।

10868022_588731867927515_592454646213475907_n

म दुलही भई भित्रदा
कुमारीत्वको माया गरेन,
कोखमा फूलाउँदा तिमीलाई
लाज र सौन्दर्यको माया गरेन
तिम्रो मुखमा मिठो पार्न
जे पनि गर्न तम्से
एक टुक्रा खाना पाउँदा
तिम्रा मुख सम्म पु¥याए,
सबथोक सम्झेर तिमीलाई
जलाए मेरा जवानीहरु
ढलाए मेरा रहरहरु
गलाए मेरा सपनाहरु
बिर्सिए मेरा भोग
बलिदान गरे निद्राहरु
तर कुनै फिर्ताको अपेक्षा बिना
खनाईरहे मेरा ममता
मेरो मातृत्वको मेरो ममता
तिमीलाई ठूलो बनाउन
तिमीलाइै मान्छे जनाउन
खै के बाँकी राखे र
मेरो कोखको टुक्राको लागि ।।

आज स्वयम्भू पशुपतिका
पेटी सडकमा लडिरहदा
भुसिया कुकुर साथी मान्दै
हाँसीरहेछु खुसी बनेर
आफ्ना सन्तानको कल्पनामा,
फालेका फाहोर भित्रका
भोजनहरु खोज्दै,
ज्यान बचाउनको लागि
हात थाप्दै दौडिरहेछु
मानब भिडहरुमा
तिरस्कार र बेदनालाई
अमृतमय स्वागतमा
दिनहरु ढलिरहेछ,
प्राण बचाई रहेछु
म तिम्री आमा,
म बाँचिरहेछु
तिमीलाई दिने ममता
दिलभरी साँच्दै
मरेकी छैन,सरेकी छैन
कसैले हरेको छैन् ।

यो चिसो सिरेतोमा
भोकै नाङगै,
सडक पेटीमा ढलिरहदा
तिम्रो याद आएको छ छोरा
तिम्रो पहिलो गुरुमा बन्दै
बोल्न सिकाए,
पढ्न सिकाए
दौडन, हाँस्न,
भोकालाई बाड्न
माग्नेलाई दिन,
नैतिकता र कर्तव्य पनि सिकाए
मैले तिमीलाई सिकाएको
नैतिकता सिकेनौ ?
मैले सिकाएको कर्तव्यको बोध
बिर्सियौ या भुल्यौ,
म डाँडा माथी हल्लिरहँदा
मर्ने दिन गनिरहँदा
तिमीलाई सम्झना आएन ?
आऊ छित्तै, म भएको ठाँउमा
मलाई जिउँदै जलाउन आऊ
तिम्रो हातबाट जल्ने रहर छ
तिम्रो हात देखी जले भने
माया गर्ने मन मर्नेछ
खुसीले पंख झर्नेछ
चिसो थाहा पाउने छाला
भोको महसुश गर्ने पेट
स्वाद पाउने जिब्रो
दुनियाको कुरा सुन्ने कान,
पापीहरु देख्ने आँखा
भिक्षा माग्ने हात
दौडिरहने खुटा
सबैलाई बिश्राम हुनेछ
न चिसो थाहा पाँउछु
न भोक, न तिरस्कार
न घाम न पानीनै
म खुसी रहनेछु ।
जिबन्त सम्म पनि
मेरो अनुरोध
मलाई कात्रो नलिनु
किनकी जिउँदो हँुदा
नाङगो बाँचे,
जिउँदो हुँदा पाएको भए
जाडो छेक्ने थियो,
पानी तार्ने थियो,
मलाई पिण्ड पनि नदिनु
बाँच्न सम्म सधैँ
भोक भोकै बाँचे
त्यही बेला पाएको भए
किन सडकमा माग्थे र
त्यसैले आऊ मेरो बाबु
जिउँदै जलाउन आऊ
तिम्रो हातबाट जल्ने रहर छ ।

धनु लेकाली
भकिम्ली एक, म्याग्दी
हालः त्रि.वि. कीर्तिपुर नेपाल ।।

धर्मपरिवर्तन अपराध कि अधिकार? सञ्जीव पोखरेल

timthumb
ब्लग लेख्न बस्दा एकप्रकारको आनन्द लाग्छ। यसमा आफ्नो सीमारेखा आफैँ कोर्न पाइन्छ। शैली र विषयमा आफ्नै नियन्त्रण हुन्छ। लामो लेखे पनि हुन्छ, छोटो लेखे पनि हुन्छ। विनयशीलताका नक्कली मानक पछ्याइरहनु पर्दैन। सिधा कुरा र झर्रो भाषा दुबैको पूरापूर उपयोग गर्न पाइन्छ।
आज एउटा अप्ठेरो विषयमा यस्तै केही गर्न मन लाग्यो।
केही दिनअघि मानवअधिकार दिवसका अवसरमा बेलायती राजदूतले नेपालका नीतिनिर्माताहरूलाई धर्म परिवर्तनको अधिकार संविधानमा सुनिश्चित गर्ने सल्लाह दिए। धर्मको कुरा उठ्नासाथ तीन हात उफ्रेर आफ्नो बचाउ र अरूको आलोचनामा उत्रिने ‘उदार’हरूलाई मसला मिलिहाल्यो। यसअघि कमैले चिनेका बेलायती राजदूत एकाएक इसाई मिसनरीका नाइके भए। वरिष्ठ पत्रकारदेखि लिएर उच्च तहका मानिने नेताहरूले समेत बेलायती दूतलाई सत्तोसराप गर्न कुनै कसर बाँकी राखेनन्। उनलाई नसिहत दिनेदेखि देशनिकाला गर्नेसम्मका प्रस्ताव फेसबुकमा लाइक र ट्विटरमा रिट्विट ‘बहुमत’बाट पारित भए।
बेलायती दूतविरुद्धका आक्रोससँगै हिन्दु संस्कृति र परम्पराका विशालता, महानता र उदारताका रागमा बाँसुरीका मधुर धुन सुनिए। इसाई र मुस्लिमका धर्मविस्तारका उदाहरणहरू खोतलिए। नेपाल हिन्दु राष्ट्र हुँदा कति सुन्दर, शान्त र विशाल थियो ! भन्ने हृदयंगम गरियो। कति ठाउँमा जुलुस पनि निस्के। नेपाल हिन्दुमात्रको पवित्र सम्पत्ति हो भन्ने भावनाको गौरवशाली प्रदर्शन भयो। जे होस् देशमा सानोतिनो रमिता नै भयो।
यो रमितामा धर्मपरिवर्तनको विषयलाई सामाजिक र ऐतिहासिक सन्दर्भमा राखेर हेर्नेहरूको कमी देखियो। अधिकांश त हिन्दुत्वको बाँसुरी बजाउनमा तल्लिन भए। तर, सीमित संख्याका इमानदार विश्लेषकहरूले पनि खूलेर लेख्ने, बोल्ने आँट गर्न सकेनन्। सन्तुलित त इमानदार विश्लेषण आउन सकेन। आज त्यो अभावको एक अंश भए पनि पूरा गर्ने जाँगर र अवसरको उपयोग गर्दैछु।
म धर्ममा आस्था राख्दिन। कुनै पनि धर्मलाई उचित, जायज, उदार वा आवश्यक पनि देख्दिन। मेरो विचारमा सबै धर्म प्रवृत्तिगत रूपमा घृणा र हिंसाको जगमा उभिएका हुन्छन्। हिंसाको प्रकृति वा यसको प्रभावमा केही भिन्नता होला –तर सबै प्रकारका धर्म निश्चित परिस्थितिमा हिंसामा रूपान्तरित हुनसक्छन् र भएका पनि छन्। हरेक धर्मालम्बीले आफ्नो धर्मलाई उदार र अरूको धर्मलाई हिंसात्मक देख्नु स्वयंमा सबै धर्म बराबर रूपमा हिंसात्मक हुन्छन् भन्ने कुराको स्पष्ट प्रमाण हो।
इसाई धर्मविस्तारका क्रममा विगतमा उत्तर अमेरिका, अफ्रिका र दक्षिण अमेरिकामा लाखौँ मानिसले ज्यान गुमाएका छन्। मोदी मुख्यमन्त्री हुँदा गुजरातका हिन्दुले हजारौँ अन्य धर्मालम्बीलाई सडकमा लठ्ठीले घोचेर, तरबारले भुँडी चिरेर मारेका हुन्। बुद्ध धर्मका अनुयायी श्रीलंकाका राष्ट्रपती महिन्दा राजापाक्षेले हिंसाकै बलमा तमिलहरूलाई निर्मुल पारे। क्रिश्चियन तथा अन्य धर्मालम्बीको प्रतिरोधमा मुस्लिम धर्मालम्बीहरूले चलाएको हिंसाका उदाहरण हामीले दिनदिनै समाचारमा देखिरहेका छौँ।
यो त भयो प्रत्यक्ष र भौतिक हिंसाको कुरा। सामाजिक-सांस्कृतिक मान्यतामा धर्मले पारेको प्रभावका कारण अधिकार र सम्मानबाट वञ्चित हुनेको सङ्ख्या पनि अत्याधिक छ। विशेषगरि महिला, आदिवासी, अल्पसङ्ख्यक समूह, दलित र धर्ममा आस्था नभएका समूह धार्मिकहरूले प्रश्रय दिएको विभेद र असमानताको शिकार भएका छन्। यसका असङ्ख्य उदाहरण हाम्रै समाज वरिपरि पाइन्छन् –देख्न नचाहानु अलग्गै कुरा हो। कतिपय अवस्थामा विभेद र असमानताको प्रभाव भौतिक हिंसाभन्दा कैयौँ गुणा बढी हुन्छ।
अब एकैछिन बेलायती दूतको सुझाव र त्यसले जन्माएका प्रतिक्रियालाई हेरौँ।
बेलायती दूतको भनाइ थियो -विश्वव्यापी मानवअधिकार घोषणा-पत्रको धारा १८ मा उल्लेख भए बमोजिम हरेक नागरिकलाई आफ्नो धार्मिक आस्था मान्ने, कुनै आस्था नमान्ने वा एउटाबाट अर्कोमा परिवर्तन गर्ने अधिकार सुनिश्चित गर! उनको भनाइ सार्वजनिक हुन नपाउँदै नेपालका केही वरिष्ठ पत्रकारहरूले यसलाई नेपालमा पश्चिमा षड्यन्त्रको एउटा कडीका रूपमा सनसनीखेज व्याख्या गर्न भ्याइहाले।
बेलायती दूतको सुझावको प्रतिक्रियामा नेपालका वरिष्ठ भनेर मानिएका/चिनिएका पत्रकार, राजनीतिक दलका नेता वा बुद्धिजीवीले उठाएका तर्कलाई मेरो विचारमा तीन मूल समूहमा राखेर हेर्न सकिन्छ। ति हुन् १) बेलायती दूतको प्रतिक्रिया इसाई धर्म प्रचार गर्ने र यसलाई नेपालमा विस्तार गर्ने पश्चिमा षड्यन्त्रको पृष्ठपोषण हो, २) बेलायती दूतले भनेझैँ धर्मपरिवर्तनको अधिकार नेपालका लागि उपयुक्त छैन, र ३) नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएकाले सामाजिक सद्भाव र सौहार्दतामा अहिले विचलन आएको छ।
अब ऐकैछिन यी तर्कहरूलाई केलाएर हेरौँ।
नेपालमा सबैभन्दा बढी धर्मप्रचार कसैले गरेको छ भने नेपालको राज्यले गरेको छ, हाम्रो सरकारले गरेको छ। यसको पुष्टिका लागि धेरै उदाहरण चाहिँदैन। नेपाल विगतमा लामो समयसम्म हिन्दु राष्ट्रका रूपमा परिभाषित भएको हो। विगतका शासकहरूले हिन्दु धर्म र परम्परालाई नेपाली नागरिकताको विशेषता मानेका हुन्। राज्यका सबै संरचना, अङ्ग र निकायमा हिन्दु परम्परा र संस्कृतिले अहिलेसम्म विशेष स्थान र प्रोत्साहन पाएका छन्। नेपाल सरकारको पैसा र नेपाली नागरिकले तिरेको करबाट चल्ने रेडियो नेपाल र नेपाल टेलिभिजनले पनि अहिलेसम्म प्रायः हरेक बिहान हिन्दु धर्मका कार्यक्रम बजाइरहेकै छन्।
यसका अतिरिक्त नेपालमा बुद्ध र इस्लाम धर्मको पनि प्रचार हुनेगरेको छ।
कुनै बाह्य मुलुकले नेपालमा धर्म प्रचारका लागि संगठित अभियानलाई प्रश्रय दिन्छ भने त्यो सरासर गलत हो। त्यतिमात्र होइन धर्मप्रचारका लागि हुने संगठित प्रयास देशभित्रैबाट हुन्छन् भने त्यो पनि गलत हो। यसलाई दण्डित गर्नका लागि कानूनी प्रबन्ध गरिनुपर्छ। तर, इसाई धर्मको प्रचारमा विदेशीमात्र संलग्न छन् भन्ने बुझाइ सरासर गलत हो –देशभित्र विभिन्न ठाउँ घुम्दा बाह्य सहयोगबिना पनि इसाई धर्मको प्रचार भएको मैले पाएको छु।
त्यसैगरि, इसाई धर्म मान्नेहरूले पैसा वा खानेकुराको लोभमा परेर हिन्दु धर्म त्यागिरहेका छन् भन्नु पनि उत्तिकै गलत र गैरजिम्मेवार तर्क हो।
मलाई लाग्छ नेपालका सन्दर्भमा इसाईकरण एकातर्फ अतिरञ्जित गरिएको विषय हो भने अर्कोतिर व्यवस्थित अध्ययन हुननसकेको विषय पनि हो। मानवशास्त्रको विद्यार्थीका रूपमा मैले सिकेका केही आधारभूत कुरामध्येको एउटा कुरा के हो भने एउटा मानिस अरू मानिसले सोचेजति मुर्ख हुँदैन। त्यसमाथि आस्था मानिसले सधैँ, सजिलै चामल वा दालसँग साट्दैन। नेपालमा इसाईकरण यदि घनिभूत रूपमा भइरहेको छ भने यसका कारणहरूको अध्ययन गरिनुपर्छ। यसका लागि धर्मपरिवर्तन गरेका भनिएका इसाईहरूको मत बुझिनुपर्छ। उनिहरूका दृष्टिकोणको चर्चा गरिनुपर्छ। इसाई धर्मबाट ठगिएका भनिएका गरिब, दलित र सिमान्तीकृतहरूको अपमान गरेर आफू बुद्धिजीवी वा नेता बन्ने प्रवृत्ति घृणित लाग्छ मलाई।
म व्यक्तिगत रूपमा धर्मप्रचारको विरोधी हो र धर्मपरिवर्तनको पनि। मेरालागि सबै धर्म बराबर (खराब) हुन्। तर, कुनै मानिसले आफ्नो रुचि वा चाहाना अनुसार आफ्नो खुशीका लागि ‘क्रिश्चियन धर्म त्यागेर हिन्दु धर्म अँगाल्छु’ वा ‘हिन्दुबाट मुस्लीम हुन्छु’ भन्छ भने यसलाई उसको व्यक्तिगत अधिकार किन नमान्ने ?! वा, हिन्दु बन्नचाहिँ दिने छुट र मुस्लीम बने कानुनी रूपमा दण्डित गर्ने हो ? यदि धर्मपरिवर्तन गर्ने सबैलाई दण्डित गर्ने हो भने आज हिन्दु भएका नेपालका लाखौँ नागरिकलाई पनि जेलमा थुन्नुपर्ने हुन्छ –इसाई भएकालाई त ठाउँ नै नपुग्ला।
मानिसका धेरै अधिकारहरू राज्यविशेषका नियमकानुनले तोकिएका हुन्छन्। तर, कतिपय अधिकार मानव जातिका विश्वव्यापी अधिकारका रूपमा परिभाषित छन् जसलाई हामी सम्मान गर्छौँ। अभिव्यक्तिको अधिकार त्यसमध्येको एउटा हो। त्यस्तै अर्को अधिकार राजनीतिक आस्थाको हो। राजनीतिक आस्था वा विश्वास (र यसको परिवर्तन) मानवअधिकार हुनसक्छ भने धर्मपरिवर्तन यसबाट कसरि पृथक हुनसक्छ !? आस्था वा यसको परिवर्तनलाइ कसरि दण्डनीय बनाउने ?! दण्डनीय नै बनाउने हो भने पनि के यसको कार्यान्वयन गर्न सकिएला ?!
धर्मनिरपेक्षताको बहसका विषयमा धेरै समय खर्चिन चाहान्न। यस विषयमा यथेष्ठ बहस भइसकेको छ र मैले पनि विगतमा केही लेखेको छु। समग्रमा भन्दा धर्मले जन्माउने हिंसाको प्रमुख कारण राष्ट्रलाई धर्मका आधारमा परिभाषित गर्ने प्रवृत्ति हो –नेपाल हिन्दु राष्ट्र हुँदा सुन्दर, शान्त र विशाल थियो भन्ने विश्वास भएकाहरूले यो कुरा बुझ्न सक्दैनन्। “मेरो आफ्नो धर्मबाट राज्य परिभाषित हुनुपर्छ” भन्ने सोच बहसयोग्य पनि लाग्दैन।
धर्मनिरपेक्षताको विरोध यतिबेला सम्मानजनक राजनीतिक ‘स्पेस’ नपाएका र आममानिसको ध्यान तान्नसक्ने राजनीतिक कार्यक्रम नभएका असान्दर्भिक र अपराधी प्रवृत्तिका राजनीतिक नेताहरूको हतियार बनेको छ। उनिहरूका सस्ता नाराले आस्थाको अगाडि कमजोर देखिएका नेता वा बुद्धिजीवीलाई कतिसम्म भुलाउने हो त्यो समयले देखाउला।
कागले कान लग्यो भन्दा कान छाम्दै नछामी काग मार्न गुलेली बोकेर दौडने नेपालीको प्रवृत्ति बेलायती दूतको सन्देश र त्यसमा जन्मिएका प्रतिक्रियाबाट फेरि एकपटक छताछुल्ल भएको छ। यस सन्दर्भमा आश्चार्य भनौँ वा दुःखद –सूचना र विचारका विभिन्न पक्षलाई सन्तुलितरूपमा प्रस्तुत गर्ने जिम्मेवारी बोकेका वरिष्ठ भनिएका पत्रकार र सम्मानित बुद्धिजीवी पनि आफ्नो व्यक्तिगत आस्थाका कारण कमजोररूपमा प्रस्तुत भएका छन्। नेपाल ८१% हिन्दुको मात्र होइन, ९% बुद्धिस्ट, ४% मुस्लीम, ३% किरात र १% इसाई तथा अन्य स-साना धार्मिक समूहको पनि हो। बहुमतका बलले अल्पसंख्यक समुदायको मानमर्दन र बेइजति गर्दा आत्मसन्तुष्टि त पाइएला तर शान्ति र सौहार्दताको आधार त फेरि पनि परस्पर सम्मान नै हो।
मानवअधिकार घोषणा-पत्रको सम्मानमा आयोजना गरिने मानवअधिकार दिवसका अवसरमा “यसका प्रावधानलाई सम्मान गर” भनेर विदेशी दूतले दिएको प्रतिक्रियामा षड्यन्त्र देख्ने र यसको विरोधमा अरिंगाल झैँ उनमाथि खनिने प्रवृत्तिले नै हाम्रो राज्य र समाजको संरचनामा अन्तर्विरोध रहेको त देखाइहाल्यो। यसलाई स्वीकार गर्ने र राज्यको परिभाषासम्बन्धि बहसलाई व्यवहारिक र सबैका लागि सम्मानजनक बनाउने पहल गर्ने कि उनको समर्थन गर्नेलाई ‘बेलायती दूतावासको पैसा खाने विदेशी दलाल’ भनेर गाली गर्ने यो अब हाम्रै हातमा छ।

भत्किएका परेलीका डिल समान मेरो जिवन

image010लेख्न त शुरु गरे तर सम्बोधन गर्न शब्दहरुको कमिले होला सम्बोधन नगरी कनै शुरुवात गरे आज तिमीलाई मेरो भोगाईहरु लेख्न त्यस्ौले होला आजभोलि किन-किन एकान्तमा आत्मा कहालिन्छ । अतित्को मिठो सम्´नाले मुटु विथोलिन्छ अनि मनको अन्तरंगमा पिडाका लप्काहरु दन्किदिन्छन् । तैपनि एउटा यस्तो जिन्दगी जसको विष्मातमा ´रिदिने दूई थोपा आँसु छैन हर्षमा मुस्कुराईदिने एक निस्वार्थ मुस्कान छैन त्यही कथित जिन्दगीलाई नै अप्राप्य खुशीको आशामा सकीनसकी थामिरहनुलाई आफ्नो पूरुषार्थ ठानिरहेको छु आज म । बम बारुद्ध अनि ति मानिसहरुको चिट्चिट्टाहाटबाट निस्किएको आवाजहरु मात्र ठोकिने गरिन्छ मेरा कानमा आजभोलि यो मरुभुमिमा म त चँुडिएको चंगा जस्तै विना उद्देश्य कहिले वादलपारी लरबिरंदै त कहिले यो मरुस्थलमा पछािरंदै उडिरहेको छु । शायद मेरो दुर्भाग्य नै होला अनन्तमा बर्षा र आँधीको प्रहारसँग म च्यातिएछु निष्ठूरी चट्याङ् पनि मेरो जीवनको पाखामा नै परिदिएछ । विक्षिप्त मेरो जिवन आखिर अँध्यारो गल्लीमा रुमल्लिरहेको बस्तीभित्रको बेवारिशे आकृति बन्न पुगेछ जो असह्ा पीडाले निष्प्राण खोक्रो रुपमा परिणत भैसकेको थियो । म त्यो पल अ´ै पनि स_िम्´रहन्छु जब तिमी गोधुली साँ´मा क्षितिज चियाउँदै अनि कल्पनाको सागरमा डुबुल्की मारेर विश्वासका खम्बाहरु उभ्याउने गथ्र्यौ मलाई जीवनको कठिन यात्रा पार गर्न सिकाउँथ्यौ । तिम्रा ती सहानुभुति अनि प्रेरणाको साथले नै मेरो जिन्दगीमा एउटा अनुपम बहार आएको थियो जसले मृतप्रायः मेरो जिजीविषालाई पुनः जगाउन थालेको थियो । तिमी भन्ने गथ्र्यौ ´रनाहरुमा थोपा-थोपा मिले ´ै दूई आत्माका भावनाहरु मिलाउँदै हामी पनि मनभरीका वेग र आवेगमा संगमका लहरहरुमा मिल्न सक्छौ । आखिर तिमै्र चाहाना अनुरुप विश्वासको प्यालामा जिन्दगीको मदिरा थप्दै ह्दयको क्षितिजमा श्रद्धाका रंगहरु भर्दै हामीले यात्रा शुरु गर्यौ अनि मनको मिलनका आशामा तिमी र म अघि बढ्दै गर्यौ खुल्ला आकाशका दुई पंक्षीहरु जस्तै । जुन र तारा मिले ´ै हिमाल मुस्कुराए ´ै कता- कता प्रकृति नै हर्षित भए ´ै आभास हुन्थ्यो त्यस बखत मलाई । तिमी कति महान थियौ कति उदार थियौ जो आफ्ना सारा रहरहरुलाई थाँती राखेर संसारभरका खुशीहरु केवल मेरै निम्ती संगाल्दै सप्तरंगी ईन्दे्रणीका रेखाहरुले सजाए ´ै मेरो खण्डहर जीवनलाई सजाउन चाहन्थ्यौ ।माया गर्नेहरु सबै सफल हुने भए पनि यो संसारमा विडोड शब्दको उत्पत्ति हुने थिएन । म पनि त्यो विछोड शब्दबाट सार् है डराउँथें । अनि त्योदेखि टाढा बस्न चाहन्थे । सोच्थेंं पिडा कस्तो हुन्छ कहाँबाट आँउछ हाम्रो यात्राको दौरानमा तिमी अलि अगाडि पुगिछौ म तिमी भन्दा अलि पछाडि छाडिएछु । यो अगाडि पाइलाको फरकमा हामी फेरी पनि एक्ला-एक्लौ भएछौ अनि वेग्ला-वेग्लौ नितान्त बेग्ला-वेग्लै । जिन्दगीको यो दोधार पलमा खै कसरी मनलाई सम्´ाउनु सपनीको संसारमा सधैं आएर जिस्क्याउने गछर्यौ ब्यूँ´न्छु विछ्यौनामा एक्लै हुन्छु मानिसहरुको मा´मा पनि मैले आफुलाई नितान्त एक्लो पाइरहेको छु तर पनि के नै गर्न सक्छु र बस तिम्रो यादमा दिनहरु काटिरहेको छु । मनमा हरपल तिमीलाई नै सजाएर राखेको छु । जिन्दगीको यात्रामा सायद मैले तिम्रो साथ पाउन सक्दिन तर पनि हरेक पल मैले तिमीलाई त्यति नै चाहदै आएको छु । जिन्दगीमा सधैं चाहेकै हुनुपर्छ भन्ने रहेनछ कहिले काहीँ चाहँदा-चाहदै र गर्दा-गदौ पनि ती चाहानाहरु पूरा हुँदा रहेनछन् । म जति तिम्रो नजिक पुग्न खोज्थें सामिप्यताको बन्धन तोड्दै तिमी ´न टाढा पुगिसकेको हुन्थ्यौ मेरो निम्ती फगत मृगतृष्णा बनेर मैले ठम्याउनै सकिन खै कहाँबाट असमानताको पर्खाल खडा भईदिएछ विश्वासघातको आँधी चलिदिएछ अनि मलाई एउटा अपुरो अधुरो यात्रामा छाडेर तिमी ऋतुसरी बदलिईदिईछौ । यो पनि म कसरी सोच्न सक्थें र कि त्यति छिट्टै आस्थाका पर्खालहरु लरबराउनेछन् भावनाका पर्खेटाहरु भाँँचिनेछन् अनि अटुट लाग्ने तिम्रा बाचाहरु खोक्रो र फोस्रो भई शुन्यतामा विलाउनेछन् केवल सम्´नाले भिजाएका परेलीहरु अनि चोटहरुले सजिएको मेरो मुटु पे्रमोपहार स्वरुप मलाई नै सुम्पिएर आज तिमी खुशी छौ कि छैनौ म कसरी भन्न सक्छु र तर म त नदीका दुई किनार ´ै टाढिएको हाम्रो स्वप्निल संसारभित्र आफ्नो अतित चियाउँदै प्रत्येक दिन प्रतिक्षा अनि सम्´नाको भेलमा अविरल बगाई रहेको छु । जीवनको फुलबारी सजाउने उमंगमा बसन्तको बहार खोज्न निस्केको म आज अाजुलीभरी काँडामा उपहार र नयनभरी हिउँदको ´री लिई फर्किरहेछु अनि भत्किएका परेलीका डिलबाट नतमस्तक मेरा सारा लक्ष्यहरु चुहाईरहेछु । यस्तो लाग्थ्यो संसार एउटा सुन्दर बगैंचा हो जसका सारा फूलहरु पनि मेरो जीवनमा बहार ल्याउनको निम्ती आतुर छन् तर मलाई के थाहा सुन्दर ती फूलहरु एकाएक ओईलाई ´रिदिनेछन् मेरो जिवनलाई उजाड-उजाड बनाएर । कुनै दिन थियो कि शिशिरको नांगो रुखमा पनि जिवन मुस्कुराएको देख्ने गर् र्थे तर आज त बसन्तको हरियालीमा पनि जीवन रोईरहेको देख्छु । थाहा छ हाम्रो विश्वासको महल त भत्किसकेको छ छातीभित्रका भावनाहरु तुषारोले कठ्याङ्ग्रिसकेका छन् तैपनि तिमी जति नै टाढा भए पनि मैले चाहेर पनि तिमीलाई भ्ाूल्न सकिन । चाहे तिमी सम्´ वा विस्र गहभरीका आँसु अनि मनभरीका व्यथा सहेरै पनि यो निरिह मुटुमा अनन्तसम्म तिम्रो याद सजाईराख्ने छु । एउटा अप्राप्य निधीको रुपमा सदा सदाको निम्ती मेरो मानसपटलमा केवल स्मृति बनि नाँचिरहनेछौं तिमी अनि त्यहि प्राप्तिको मर्मभित्र मर्माहित भई तिमै्र ह्दयको परिवेशमा बरबाद भई हाँसिरहनेछु म । तैपनि सम्´नाको सिमा भित्र प्रेम पल्लवीत गराउने ´ुठो आशामा आकाश र घर्तिको मिलन हेर्दै मौन ह्दयको जलनसँगै मीठो मिलनको प्रतिक्षा गरिरहेको छु । निष्तब्ध रातमा टिलटिल-टिलटिल गर्दै चम्किएको एक्लो तारा ´ै जीवन जिउने संघर्ष गर्दै अथाह पिडाको सागरमा डुबेरै पनि बाचास्वरुप तिमीले टोकेको औंलाको चोटबाट रगतको नदी तिमै्र तस्तिरमा वगाउँदै हरपल नशाको बेहोशीमा उजाड विपनाको बगैंचाभित्र एउटा नमीठो सम्´ाैतामा रमाउने दुष्प्रयास गर्दैछु । आखिर मुटु नै हो जति सम्´ाउन खोजे पनि कहिले काँही चसक्क घोच्दोरहेछ नमीठोसँग दुख्दोरहेछ अनि व्यर्थै बाँचे ´ै जीवनको क्षण-क्षण विताउन युगौं लाग्दोरहेछ । अ´ै मुटुमा दन्केको वियोगको ज्वालालाई आँसुको धाराले निभाउने अथक प्रयास गर्दा-गर्दाै ´न दन्कँदोरहेछ । हुन त अब चोट उम्लिन्छ आँसु नपोखिएर अरु के नै पो पोखिन्छ र जे होस् अब त समय पनि धेरै टाढा छैन होला जब सुक्नेछन् मेरा सारा आँसुहरु अनि पिडाले रोकिनेछ जीवनको बाटो तब तिमी आउनेछौ होला मेरो लागि श्रद्धाका दुई थोपा आँसु चढाउन तर त्यतिखेर तिमी चाहे खुशी मनाउ या आँसु बगाऊ कारण मेरो जिन्दगी आफ्नै चोखो विश्वाससँगै चीर निन्द्राको विछ्यौनामा सुस्ताइरहेको हुनेछ अनि प्राप्तिका चाहानाहरु जस्तै खरानी भई खुल्ला गगनमा उडीरहनेछ जहाँ कुनै आँधीको पर्वाह हुने छैन कहीँ कतै मिलनको आशा रहने छैन ।

तिमी विनाको एक्लो यात्री
अन्जान बनबासी

कहिल्यै नथाक्ने कान्ति

बालुवाटारकी कान्ति गुरुङ ९थापा० मा पाइलट बन्ने इच्छा थियो तर उनको जीवनले अर्कै मोड लियो र उनी उन्नाईस वर्षको उमेरमै शिक्षिका भइन्। तीन वर्षपछि शिक्षण पेसा पनि छोडिन्। एमबीएसम्मको अध्ययन पूरा गरेकी कान्ति हाल टंगाल भाटभटेनीस्थित क्राउन ल्याबरोटरी एण्ड रिफेरल प्राइभेट सेन्टर तथा बालुवाटारस्थित पवित्र वर्कसपकी म्यानेजरका रूपमा कार्यरत छिन्। एकै ठाउँमा तीन सयभन्दा बढी ल्याब टेस्ट हुने व्यस्त सेन्टरको कमाण्ड सम्हालेसँगै गुरूङले पवित्र वर्कसपमार्फत स्वास्थ्य उपकरणको समेत व्यापार गरिरहेकी छिन्। उनको वर्कसपमा रहेका स्वास्थ्य उपकरणहरू देशका प्रायः सबै जिल्लाका स्वास्थ्य संस्थामा पुग्ने गरेका छन्। दुवै ठाउँमा गरी उनले ३० जनाभन्दा बढीलाईर् रोजगारी दिएकी छिन्। कर्ममा विश्वास गर्ने कान्ति संघर्षले जीवनलाई चिनाउने, काम गर्दा कहिल्यै थाक्न नहुने तथा आफ्नो क्षमता चिनेर अघि बढे कहिल्यै पछि पर्नु नपर्ने मान्यता राख्छिन्। दुई सन्तानकी आमा कान्ति बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म घर र अफिसको कामलाई सन्तुलनमा राखेर अघि बढिरहेकी छिन्।

मेहनती अनुPP

साना नानीहरूलाई तालिम दिनु चानचुने कुरा होइन । बालबालिकाहरूसँग सहकार्य गर्दा उनीहरूको कल्पनाअनुसार नै आफूले भूमिका निर्वाह गर्नुपर्छ । विगत ५ वर्षदेखि एन्जल मन्टेश्वरी स्कुल संचालन गरिरहेकी अनु डंगोल राईको अनुभव हो यो । बालबालिकाहरूसँग सहकार्य गरी उनीहरूलाई सिकाउन रुचाउने अनुले मन्टेश्वरी शिक्षाको तालिमपछि स्कुल स्थापना गरेकी हुन् । लाजिम्पाटमा जन्मिएकी ३० वर्षीया अनुले स्नातकसम्मको अध्ययन पूरा गरेकी छिन् । हरेक समय आफ्ना स्कुलका नानीहरूकै विषयमा सोच्ने लामा स्कुलको वातावरण बालमैत्री बनाउन कुनै कसर छोड्दिनन् ।

उनको मेहनतका कारण एन्जल मन्टेश्वरीले आफ्नो परिधि बृहत् बनाउँदै लगेको छ । अनु भन्छिन्, ुश्रीमान् पनि शिक्षण पेसामा भएकाले मलाई निकै सजिलो भएको छ । यद्यपि महिलाहरू हरेक क्षेत्रमा सक्रिय हुनुपर्छ । समय व्यवस्थापन गर्न सके रोकावटबिना निरन्तर अघि बढ्न सकिन्छ ।ु

अञ्जुको करिअर यात्रा

विगत १५ वर्षदेखि एउटै बैंकमा सेवारत अञ्जु पन्तले सिनियर एसिस्टेन्टबाट आफ्नो बैंकिङ यात्रा प्रारम्भ गरेकी हुन् । अहिले उनी लुम्बिनी बैंकमा अप्रेसन म्यानेजर छिन् । विवाहपछि उनले स्नातकोत्तर पूरा गरिन् । निकै हँसिली तथा आफ्नो काममा जिम्मेवार अञ्जु बैंकिङ क्षेत्रमा काम गर्दागर्दै परिपक्व भएको बताउँछिन् । उनको विचारमा बैंकिङ क्षेत्र निकै सेन्सेटिभ क्षेत्र हो यहाँ हरेक समय आफू चनाखो तथा आर्थिक क्षेत्रमा धेरै कुराको जानकार हुनुपर्छ । आफ्नो १५ वर्षे कामको अवधिमा बंैकिङ पद्धतिले आफूलाई निकै सशक्त बनाएको उनी बताउँछिन् । अञ्जु भन्छिन्(ुनेपाली महिलाहरूको जीवन पहिलेको तुलनामा निकै सुधारिएको छ । यद्यपि यसमै चित्त बुझाउनुपर्ने बेला भने अझै भैसकेको छैन ।ु

म महापुरुष जन्माउँछु ।

02-balatkari-sharab

म महापुरुष जन्माउँछु ।

बुबा, दाई,भाईहरु
रक्षक मानिन्छन घरमा
बलवान ठानिन्छन समाजमा
पहरेदार गनिन्छन देशमा,
मन, बचन, धर्म कर्मले
पुजिन्छे चेली
बुिझन्छे छनक,
जुझिन्छन आँखाहरु
फुल्छन माया प्रेम
सजिन्छन सुन्दर बस्तीहरु,
कलियूगले ध्वस्त बनाएछ
नवयुगका पहरेहरुलाई
बोल्दा लाजमान्ने,
निरिह चेलीहरु माथी
व्वासा खनिएझै खनिदैँछन
कुमारित्व लुत्न
अस्मिता च्यात्न,
आफ्नै छोरी चेली माथी
जाई लागेका छन
आफ्नो भन्नेहरु
आफ्नै मान्ने गन्नेहरु
पबित्र यो नातालाई
पत्र पत्र च्यातेर
भुईभरी धुलोसँग मिलाउँदै
माटिरहेछन, हाँसीरहेछन
ठूलो बिजयी गरे भन्दै
तिम्रो त्यो खुसीको उफ्राईले
आज भुकम्प गएझै
हल्लिएका छन नारीका आत्महरु
कुमारी बैस,
आशामा बाचेका आमाहरु,
सक्छौ भने आऊँ
चौबाटोमै नाङगो बनाई
एक एक अङगहरु
दुनियालाई देखाईदेऊ
खोल निकाल फुकाल
सबैको माझ,
नपर्खि साँझ
एक छिन पनि चित्कार नगरी
हेरिरहने छु तिम्रो रामलिला
खुसी बनेर तिम्रो बहादुरिताको
हृदय देखि सलाम गर्ने छु
किनकी तिमीले मेरो,
सार्बजनिक रुपमा
बलात्कार गरेका हुनेछौ,
बाटोका कुइनेटाहरुमा
भेटिएका चेलीहरुलाई होइन,
घरमा छुरा देखउँदै
अन्धकार रातहरुमा
सातो लगेर, तातो खन्याउँने
हाड नाता बिगार्दै
लोभ लालच देखाँउदै
निप्सेरोमा जाई लाग्नेहरु हो
आउ उज्यालो संसारमा आऊ
दोबाटो चौबाटोमा आऊ
म जस्ती बयस्क नारिलाई
चौबाटोमै बलात्कार गर
म तिमीलाई महाँपुरुष दिन्छु
त्यो सन्तान तिमी जस्तो
यौन पिपासु हैन,
चोर छलि, बदमास
भ्रस्टचारी हैन,
दलाल, माग्ने , नाग्ने हैन
जसले तिमी जस्तो
यौन पिपासु रोगीलाई
उपचार गर्नेछ
चोर, भ्रस्टचारी,दलाल
छक्का पञ्ज गर्नेलाई
कारबाहि गर्नेछ,
देश बिगार्ने, देश बेच्नेलाई
साजाय दिने छ,
कारबाही हुनेछन दोषीहरु
सम्मान हुनेछन सन्त
खुशीले देखिनेछ दन्त
भोकाले खान पाउनेछन
रो’काले हाँस्न पाउनेछन
सबै स्कुल धाउने छन
भत्किएको घर छाउनेछन
नाङगाले कपडा लाउनेछन
फूलनै फूल फुल्नेछ देश भरी
सदाचारको बास्नाले
टकटकाउनेछन बिष
मगमगाउनेछ अमृत
अनि आदर्श नेपाल बन्ने छ
त्यसैले आऊँ महापुरुष भनौदाहरु हो
सार्बजनिक बलात्कार गर
म महापुरुष जन्माउँछु l
धन्यबाद ।।
धनु लेकाली
भकिम्ली एक, म्याग्दी
हालःत्रि.वि. कीर्तिपुर, काठमाण्डौ नेपाल l
email :dhanulekali@gmail.com