कहिल्यै नथाक्ने कान्ति

बालुवाटारकी कान्ति गुरुङ ९थापा० मा पाइलट बन्ने इच्छा थियो तर उनको जीवनले अर्कै मोड लियो र उनी उन्नाईस वर्षको उमेरमै शिक्षिका भइन्। तीन वर्षपछि शिक्षण पेसा पनि छोडिन्। एमबीएसम्मको अध्ययन पूरा गरेकी कान्ति हाल टंगाल भाटभटेनीस्थित क्राउन ल्याबरोटरी एण्ड रिफेरल प्राइभेट सेन्टर तथा बालुवाटारस्थित पवित्र वर्कसपकी म्यानेजरका रूपमा कार्यरत छिन्। एकै ठाउँमा तीन सयभन्दा बढी ल्याब टेस्ट हुने व्यस्त सेन्टरको कमाण्ड सम्हालेसँगै गुरूङले पवित्र वर्कसपमार्फत स्वास्थ्य उपकरणको समेत व्यापार गरिरहेकी छिन्। उनको वर्कसपमा रहेका स्वास्थ्य उपकरणहरू देशका प्रायः सबै जिल्लाका स्वास्थ्य संस्थामा पुग्ने गरेका छन्। दुवै ठाउँमा गरी उनले ३० जनाभन्दा बढीलाईर् रोजगारी दिएकी छिन्। कर्ममा विश्वास गर्ने कान्ति संघर्षले जीवनलाई चिनाउने, काम गर्दा कहिल्यै थाक्न नहुने तथा आफ्नो क्षमता चिनेर अघि बढे कहिल्यै पछि पर्नु नपर्ने मान्यता राख्छिन्। दुई सन्तानकी आमा कान्ति बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म घर र अफिसको कामलाई सन्तुलनमा राखेर अघि बढिरहेकी छिन्।

मेहनती अनुPP

साना नानीहरूलाई तालिम दिनु चानचुने कुरा होइन । बालबालिकाहरूसँग सहकार्य गर्दा उनीहरूको कल्पनाअनुसार नै आफूले भूमिका निर्वाह गर्नुपर्छ । विगत ५ वर्षदेखि एन्जल मन्टेश्वरी स्कुल संचालन गरिरहेकी अनु डंगोल राईको अनुभव हो यो । बालबालिकाहरूसँग सहकार्य गरी उनीहरूलाई सिकाउन रुचाउने अनुले मन्टेश्वरी शिक्षाको तालिमपछि स्कुल स्थापना गरेकी हुन् । लाजिम्पाटमा जन्मिएकी ३० वर्षीया अनुले स्नातकसम्मको अध्ययन पूरा गरेकी छिन् । हरेक समय आफ्ना स्कुलका नानीहरूकै विषयमा सोच्ने लामा स्कुलको वातावरण बालमैत्री बनाउन कुनै कसर छोड्दिनन् ।

उनको मेहनतका कारण एन्जल मन्टेश्वरीले आफ्नो परिधि बृहत् बनाउँदै लगेको छ । अनु भन्छिन्, ुश्रीमान् पनि शिक्षण पेसामा भएकाले मलाई निकै सजिलो भएको छ । यद्यपि महिलाहरू हरेक क्षेत्रमा सक्रिय हुनुपर्छ । समय व्यवस्थापन गर्न सके रोकावटबिना निरन्तर अघि बढ्न सकिन्छ ।ु

अञ्जुको करिअर यात्रा

विगत १५ वर्षदेखि एउटै बैंकमा सेवारत अञ्जु पन्तले सिनियर एसिस्टेन्टबाट आफ्नो बैंकिङ यात्रा प्रारम्भ गरेकी हुन् । अहिले उनी लुम्बिनी बैंकमा अप्रेसन म्यानेजर छिन् । विवाहपछि उनले स्नातकोत्तर पूरा गरिन् । निकै हँसिली तथा आफ्नो काममा जिम्मेवार अञ्जु बैंकिङ क्षेत्रमा काम गर्दागर्दै परिपक्व भएको बताउँछिन् । उनको विचारमा बैंकिङ क्षेत्र निकै सेन्सेटिभ क्षेत्र हो यहाँ हरेक समय आफू चनाखो तथा आर्थिक क्षेत्रमा धेरै कुराको जानकार हुनुपर्छ । आफ्नो १५ वर्षे कामको अवधिमा बंैकिङ पद्धतिले आफूलाई निकै सशक्त बनाएको उनी बताउँछिन् । अञ्जु भन्छिन्(ुनेपाली महिलाहरूको जीवन पहिलेको तुलनामा निकै सुधारिएको छ । यद्यपि यसमै चित्त बुझाउनुपर्ने बेला भने अझै भैसकेको छैन ।ु

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s